Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।

कांग्रेस क्रियाशील सदस्यको विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठकमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी, क्रियाशील सदस्यता छानबिन समिति संयोजक र सदस्यलाई अनिवार्य सहभागि हुन भनिएको छ ।

पछिल्लो समय कांग्रेस क्रियाशील सदस्यहरुको छानबिन समितिको काम विवादमा छ । छानबिन समितिका संयोजक रमेश लेखक पनि विवादमा तानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077