Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भौतिक पूर्वाधार रोजेका दीपक मनाङे विनाविभागीय मन्त्री

कास्की । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदमा रहेका चार जना मन्त्रीमध्ये २ जनालाई जिम्मेवारी तोकिएको छ ।

आज प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेकी हुन् ।

नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै, राजिव गुरुङ ‘दीपक मनाङे’लाई भने कुनै जिम्मेवारी दिइएको छैन । यसअघि युवा तथा खेलकुद मन्त्री  रहेका गुरुङले भौतिक पूर्वाधार विकास मन्त्रालयमा दावी गर्दै आएका छन् । जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य पनि विनाविभागीय छन् ।

यसघि मुख्यमन्त्री पोखरेलसँगै चार मन्त्रीले सपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077