Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विघटन पक्षको बहस शुरु

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ । रिट निवेदक तर्फका कानुन व्यवसायीका लागी इजलासले तोकेको २ घण्टा ३५ मिनेट समय बाँकी छ ।

आइतबार कांग्रेस सभापति शेर बहादुर देउवासहित १ सय ४६ जना सांसदको तर्फबाट बहस सकिने छ ।

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

बुधबारदेखि सुरु भएको बहसमा दुई दिन चार-चार घण्टाका दरले बहस भए पनि शुक्रबार दुई घण्टा मात्रै भएको थियो ।

निवेदक पक्षले सकेपछि विपक्षी सरकारी पक्षले आइतबार चिया ब्रेकपछि बहस थाल्नेछन् । विपक्षी सबैलाई संवैधानिक इजलासले १५ घण्टाको समय दिएको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077