Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलायतका स्वास्थ्य मन्त्रीद्वारा राजीनामा

एजेन्सी । कोरोना महामारीको बेला भौतिक दूरी कायम नगरेको आरोप लागेपछि बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले पदबाट राजीनामा दिएका छन् ।

उनीमाथि कोरोना महामारीमा नियमको उल्लंघन गरेको आरोप थियो । राजीनामा दिँदै उनले कोरोना नियन्त्रणका लागि भइरहेको नियम नमानेकोमा माफी समेत मागेका छन् ।

सँगै काम गर्ने एक महिला कर्मचारीसँग भौतिक दूरी कायम नगरेको भन्दै स्वास्थ्यमन्त्री म्याटमाथि राजीनामा दिन दबाब परेको थियो । विवाद बढ्दै गएपछि ती महिलाले पनि राजीनामा दिएकी छिन् ।

कारोना भाइरसको तेस्रो लहरको जोखिम बढेको छ । गएको २४ घण्टामा १८ हजार २७० जनामा सङ्क्रमण पाइएको छ भने सो अवधिमा थप २४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077