Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पुनर्निर्माण प्राधिकरणका कर्मचारीहरु माइतीघर मण्डलाबाट पक्राउ

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरू पक्राउ परेका छन् ।

राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शनमा उत्रिएका इन्जिनयर र सब–इन्जिनियरहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि एक सय १० इन्जिनियर र सब–इन्जिनियर राखी अरूलाई बिदा गर्ने निर्णय गरेपछि रुष्ट भएका प्राविधिक कर्मचारीहरूले विरोध गर्दै आज प्रदर्शन गरेका हुन् ।

कोरोना महामारीका कारण निषेधाज्ञा लागू भएका बेलामा पनि विरोध प्रदर्शन भइरहेको भन्दै जनस्वास्थ्यविद्ले चिन्ता व्यक्त गरेका छन् । भिडभाड र जनस्वास्थ्यका मापदण्ड पालना नगरे कोरोनाको तेस्रो लहर आउन सक्ने विज्ञले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077