Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भौतिक पूर्वाधारमन्त्री नेम्वाङलाई संचारसहित ५ मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि विस्तारित मन्त्रिपरिषदलाई वैधानिकता नदिएर २० जना मन्त्रीहरुलाई पदमुक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालयहरु ४ जना मन्त्रीहरुलाई बाँडफाँड गरेका छन् ।

आज प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको कार्यविभाजन गरेकी हुन् ।

कार्यविभाजन अनुसार प्रधानमन्त्री ओलीले आफूसँग रक्षा र परराष्ट्र मन्त्रालय राखेका छन् भने गृहमन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री विष्णु पौडेललाई दिएका छन् ।

यस्तै, सञ्चार मन्त्रालयको जिम्मेवारी बसन्त नेम्वाङले पाएका छन् भने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ । सबैभन्दा धेरै ६–६ वटा मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री पौडेल र लीलानाथ श्रेष्ठले पाएका छन् ।

हेर्नुहोस् मन्त्रीहरुको कार्यविभाजन :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077