Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • प्रधानमन्त्री ओलीद्वारा मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर, गृहसहित ६ मन्त्रालय पौडेललाई

    प्रधानमन्त्री ओलीद्वारा मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर, गृहसहित ६ मन्त्रालय पौडेललाई

    अनलाइन नेपाल
  • बिहिबार, १० असार २०७८
  • 2K
    SHARES

    काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि विस्तारित मन्त्रिपरिषदलाई वैधानिकता नदिएर २० जना मन्त्रीहरुलाई पदमुक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालयहरु ४ जना मन्त्रीहरुलाई बाँडफाँड गरेका छन् ।

    आज प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको कार्यविभाजन गरेकी हुन् ।



    कार्यविभाजन अनुसार प्रधानमन्त्री ओलीले आफूसँग रक्षा र परराष्ट्र मन्त्रालय राखेका छन् भने गृहमन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री विष्णु पौडेललाई दिएका छन् ।



    यस्तै, सञ्चार मन्त्रालयको जिम्मेवारी बसन्त नेम्वाङले पाएका छन् भने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ । सबैभन्दा धेरै ६–६ वटा मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री पौडेल र लीलानाथ श्रेष्ठले पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार