Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गरिब जनतालाई ढाड सेक्ने गरी फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले पेट्रोलियम पदार्थको फेरी मूल्य बढाएको छ । बुधबार नेपाल आयल निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

जारी विज्ञप्ति अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेल लिटरमा दुई दुई रुपैयाँले बढाएको हो ।

अब पेट्रोल लिटरको १ सय २७ रुपैयाँ र डिजेल, मट्टितेल लिटरको १ सय १० रुपैयाँ कायम भएको छ ।

यस्तै हवाइ इन्धन आन्तरिक उडानतर्फको मूल्य प्रतिलिटर ८२ रुपैया कायम भएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत रहेको छ । यो मूल्य आज राती १२ बजेबाट लागू हुनेछ ।

गत जेठ २२ गते नेपाल आयल निगमले पेट्रोल, डिजेल/मटितेल तथा हवाई इन्धन (आन्तरिक)को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।

त्यसअघि निगमले दुई महिनाको अबधिमा मात्र ओली सरकारले चार पटक सम्म मुल्य वृद्धि  गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077