Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

क्लब हाउसमा प्रहरी अधिकृतहरूको तस्बिर राख्ने पक्राउ

काठमाडाैं । क्लब हाउसमा प्रहरी अधिकृतहरूको तस्बिर राखेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुरस्थित चाँगुनारायण नगरपालिका वडा नम्बर ६ खरिबोटका २० वर्षीय ईसान लामिछाने रहेका छन्।

नेपाल प्रहरी तथा प्रहरी अधिकृतको फोटो दुरूपयोग गरी नक्कली प्रोफाइल बनाउने व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको हो ।

उनलाई सोमबार पक्राउ गरेर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । अदालतबाट सात दिन म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077