Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डसँग दीपक मनाङेको भेटघाट

काठमाडौं । गण्डकी प्रदेशका मन्त्री राजिव गुरूङ (दीपक मनाङे)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन्।

आइतबार साँझ प्रचण्डलाई भेट्न मनाङे उनको निवास गएका थिए । सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै मनाङेले प्रचण्डसँग भएको भेटवार्ताको पुष्टि गरेका हुन् ।

दुवै जनाबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको मनाङेले बताए । गण्डकी प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्न मनाङेले भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077