Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको केन्द्रीय समिति विस्तार गर्ने तयारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति विस्तार गर्ने भएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी ब्युँताएपछि माओवादी पुनर्गठन गर्ने क्रममा २ सय सदस्यीय केन्द्रीय समिति विस्तार गरी २ सय ९९ जना पुर्‍याउन लागेको पार्टी मुख्यालय स्रोतले जानकारी दिएको छ।

तत्कालीन नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना थिए ।

एमाले माओवादी ब्युँतिएपछि माओवादीले २ सय ९९ जना केन्द्रीय कमिटी बनाउन लागेको हो ।

माओवादीका २ सय केन्द्रीय सदस्य मध्ये १८ जना एमाले प्रवेश गरेकाले त्यसलाई समेत थप गरेर केन्द्रीय कमिटी थप गर्न लागेको माओवादीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077