Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिविका रोकिएका सबै परीक्षा साउनदेखि भौतिक उपस्थितिमै सञ्चालन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस महामारीका कारण रोकिएका वार्षिक परीक्षा साउनदेखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरेको छ ।

त्रिविका रजिष्ट्रार पेशल दाहालका अनुसार पछिल्लो समय कोरोना संक्रमणको जोखिम कम हुँदै गएकाले रोकिएका परीक्षा साउनदेखि सञ्चालन गर्ने तयारी गरिएको हो।

उनका अनुसार परीक्षाको समय तालिकाबारे अहिले त्रिविले तयारी गरिरहेको छ। स्वास्थ्य सुरक्षाको पूर्ण मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने छ। ‘परीक्षा सञ्चालन गर्दा हामी स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने छौँ,’ उनले भने, ‘परीक्षार्थीहरूलाई पायक पर्ने ठाउँमा परीक्षा केन्द्रहरु तोकिने छ।’

साउनदेखि परीक्षा सञ्चालन गरी सोही महिनाभित्रै सबै परीक्षा सकाउने त्रिविको योजना रहेको उनले बताए । त्रिविले दोस्रो लहरको कोरोना भाइरस तीव्र रुपमा फैलिएपछि त्रिविले सञ्चालन भइरहेका परीक्षा वैशाख १४ देखि वार्षिक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077