काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि दिल्ली पुगेकmपूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको स्वास्थ्य अवस्था ठीक छ। उनले भनेका छन्–‘भर्खरै मात्र दिल्लीस्थित अपोलो अस्पतालमा मेरो निर्भीक खनालसँग कुराकानी भएको छ। स्वास्थ्य अवस्था ठीक छ भन्ने खबर प्राप्त भयो । ज्वरो नियन्त्रणमा आएको छ । चिकित्सकको उच्च निगरानीमा उपचार भइरहेको छ।’
एमाले नेता सुरेन्द्र पाण्डेले पनि खनालको स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको जनाएका छन् । एक हप्ताभन्दा बढी ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनालको चिकित्सकको सल्लाह अनुसार थप उपचार गर्न दिल्ली लगिएको हो। नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ ।