Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शितलनिवासको सर्वोच्चलाई जवाफ - प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको स्वविवेकीय अधिकार हो

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटबारे सर्वोच्चको आदेश अनुसार राष्ट्रपति कार्यालयले आज जवाफ पठाएको छ ।

यसअघि सर्वोच्चले काँग्रेस सभापति शेरबहादुर देउवालाई किन प्रधानमन्त्री नियुक्त नगरेकोमा लिखित जवाफ पेश गर्न राष्ट्रपति कार्यालयलाई आदेश दिएको थियो। सोही आदेश अनुसार राष्ट्रपति कार्यालयले विहीबार महान्यायाधीवक्ताको कार्यालयमार्फत १४ बुँदे जवाफ पठाएको छ।

जवाफमा प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको स्वविवेकीय अधिकार रहेको दावी गरिएको छ । संविधानको संरक्षककको हैसियतले प्रधानमन्त्री नियुक्त गर्ने अधिकारी राष्ट्रपतिमा निहित रहेको दावी गरिएको छ। साथै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बनाउन वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको दुबै दावीमा दावी नपुग्ने देखिएकोसमेत जवाफमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077