Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशनको मिति परिवर्तन हुन सक्ने !

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।

यसअघि पार्टी केन्द्रीय कार्यालयले सूचना जारी गरी सबै केन्द्रीय सदस्यहरुलाई आज दिउँसो २ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेको थियो।

आजको बैठकमा महाधिवेशनको समय तालिका परिवर्तन गर्ने बताइएको छ।  गत शनिबार बसेको पार्टी पदाधिकारीको बैठकले आसन्न १४औं महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो।

यसअघि भदौ ७ देखि १० सम्मका लागि तोकिएको महाधिवेशन अब भदौ १६ गतेबाट सुरु गर्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो।

यस्तै, आजको बैठकमा महाधिवेशनको निर्णय अनुमोदन गुर्नका साथै अन्य समसामयिक राजनीतिक र पछिल्लो समयको कोरोना र बाढीपहिरोले पुर्याएको क्षतिका विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077