Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अधिकृतलाई मार्ने धम्की दिएको आरोपमा कार्यालय सहयोगी पक्राउ

वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई मार्ने धम्की दिएको आरोपमा कार्यालय सहयोगी मुकेशप्रसाद यादव पक्राउ परेका छन् ।

श्रीवास्तसँग यादवले १५ लाख रुपैयाँ मागेका थिए । सुवर्ण गाउँपालिका ४ हर्दिया टोलका २८ वर्षीय मुकेश सोही गाउँपालिकामा करार सेवामा कार्यरत छन् ।

अधिकृत श्रीवास्तवसँग अपरिचित नम्बरबाट फोन तथा म्यासेज गरी एक घण्टाभित्र १५ लाख रुपैयाँ दिनु नत्र गोली हानी हत्या गर्छु भनेर धम्की दिएको आरोप उनीमाथि छ । फोनको अडियो रेकर्डसहित श्रीवास्तवले प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

यादवलाई पक्राउ गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077