Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • ओलीलाई ठूलो धक्का, सुदूरपश्चिम प्रदेशमा सात सांसद निलम्बित

    ओलीलाई ठूलो धक्का, सुदूरपश्चिम प्रदेशमा सात सांसद निलम्बित

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर ७ जना सांसद कारबाहीमा परेका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी ह्वीप उल्लंघन गरेको आरोपमा नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको आज बसेको बैठकले ओली पक्षधर ७ जना सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

    प्रदेश सांसदहरु पठानसिंह बोहरा, रतनबहादुर थापा, लिलाधर भट्ट, बलदेव रेग्मी, माया तामाङ बोहरा, नेपालु चौधरी र ग्याल्बोसिंह बोहरालाई निलम्बन गरेको एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गाकुमारी कामीले जानकारी गराइन् ।



    उनीहरुमध्ये बोहरा र थापालाई १५ दिन, भट्ट र रेग्मीलाई १० दिन र अन्य चार जनालाई ७ दिन निलम्बन गर्ने निर्णय गरिएको सचेतक कामीको भनाइ छ ।



    निलम्बनमा परेकाहरुले गत जेठ २५ गते मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णयको विपक्षमा मतदान गरेका थिए । त्यसपछि उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । आइतबार निर्णयार्थ पेश भएको नीति तथा कार्यक्रमको समेत उनीहरुले विपक्षमा मत जाहेर गरेका थिए ।

    यद्यपी निलम्बनको निर्णयमा परेका सांसदहरुले भने दलको विधान नै वैधानिक नभएकाले त्यसको कुनै औचित्य नभएको बताएका छन् । सांसद बोहोराले भनेका छन्–संसदीय दलको विधान केन्द्रिय कमिटिबाट अनुमोदन हुनुपर्ने नियम छ, त्यो भएको छैन् । हामीले पार्टी निर्देशन मान्य हो । पार्टीले विपक्षमा मतदान गर्न निर्देशन गरेको हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार