Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

'बार्षिक १५ अर्ब भन्दा बढी रकम बिदेश पठाएर नेपालमा एमबीबीएस पढ्न नदिनेको योजनामा डलरेहरु चले'

काठमाडौं। व्यबसायी दुर्गा प्रसाइको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई  दबाब दिएको समाचार एकाएक भाइरल बनेपछि नेकपा एमालेका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले कडा प्रतिबाद जनाएका छन्। नेता बस्नेतले

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. माओबादी केन्द्रका उग्र कार्यकर्ता भएको र उनका  बिगतका अनेक हर्कत र भ्रष्टाचार काण्डमा तिनै पूर्व मन्त्री र माओबादीका ठुला नेताहरुको सँलग्नता रहेको दाबी गरेका छन् ।

नेता बस्नेतले सामाजिक सन्जालमा लेख्दै भनेका छन्,  'शिक्षा मन्त्री गिरीराजमणी पोख्रेल छदाँ नियुक्ति लिएका यिनका बिगतका अनेक हर्कत र भ्रष्टाचार काण्डमा तिनै पूर्वमन्त्री र माओबादीका ठुला नेताहरुको सँलग्नता खुल्लम खुल्ला देखिएकै छ । नेपालको चिकित्सा क्षेत्रमा ठुलो राजनीति घुसेको छ। नेपालका डाक्टरहरु र मेडिकल ब्यवसायीहरुलाई बस्न टिक्न नदिने, ब्यबसाय गर्न नदिने, एमबीबीएस पढ्न  चाहने विद्यार्थीहरुलाईआफ्नै देशमा पढने वाताबरण बन्न नदिने । बार्षिक १५ अर्ब भन्दा बढी रकम बिदेश पठाउने र कमिशन खाएर ढाडिएका बिरालाहरु नेपाली ब्यबसायीले संचालन गरेको मेडिकल कलेजहरुलाई सम्बन्धन दिनुहुदैन भनेर स्याल हुइयाँ गर्दैछ्न् ।
आज एकाएक कथित गिरीलाई प्रधानमन्त्रीज्युले धम्काउनुभयो भनेर केही डलरे नागरिक समाज, जो पाए सम्म प्रधानमन्त्रीको आचि सम्म बाँकी राख्दैनन् उनीहरुले नै खोक्न थालेछन् र रोइलो गर्दैछन् । कृपया याद रहोस् त्यो भ्रष्टलाई सम्झाउन बिधि र कानून प्रयाप्त छ । फेरि पनि सम्झाउन परे पनि तीनले दु:ख दिएका पूर्व वाइसीएलको एउटा सामान्य कार्यकर्ता नै काफी छ। '

प्रधानमन्त्री ओलीले गिरीलाई नाजायज दबाब दिएको भन्दै बृहत् नागरिक आन्दोलन र सोलिडारिटी फर डा केसी अलायन्सले विरोध जनाएका थिए । आइतबार विज्ञप्ति जारी गर्दै उनीहरुले ‘प्रधानमन्त्री निवासलाई नै गुण्डागर्दीको थलो बनाउनु आपत्तिजनक’ भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077