Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुरामले भने -दीपक मनाङेप्रति पूर्वाग्रह राख्नु हुन्न, सबैले नेता मानौं

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशका नवनियुक्त मन्त्री  राजिब गुरुङ उर्फ दिपक मनाङेलाई सुध्रने मौका दिनुपर्ने तर्क अघि सारेका छन्। गुण्डा नाइकेका रुपमा चिनिएका  मनाङेसँगको तस्बिर सार्वजनिक गर्दै भट्टराईले  मनाङेलाई नेताका रुपमा सवैले मान्नुपर्ने जिकिर गरेका छन् ।

भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ' राजीव गुरूंग (दीपक मनांगे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसंग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन्। यसलाई अन्यथा मान्नु हुन्न। मेरो सुविचारित र अनुभवजन्य मान्यता छ, कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज/राज्यले मान्छेलाई अपराधी बनाउँछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ।अतः अपराधरअपराधी एक सापेक्ष अबधारणा हो।

मैले २०५९/०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेलरबन्दीगृहको भ्रमण गरेपछि भनेको थिएँ, नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन: अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन्। त्यही सोचका साथ आफु प्रम छँदा मैले जेलसुधारका निम्ति तत्कालीन सांसद देवी खॅड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ, जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन। रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरूंगहरूले नयॉ जीवन र नयॉ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077