Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मनाङे प्रकरणमा एक डनले अर्का डनलाई फसाएको रहस्य, प्रहरी बन्यो खेलौना

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएकै दिन अर्थात विहिबार नेपाली कांग्रेसका युवा नेता एवम् डनको छबी बनाएका काभ्रे जिल्लाका प्रदेश सभा उम्मेदवार समेत रहेका गणेश लामा पोखराबाट पक्राउ परे ।

लामालाई   निषेधाज्ञाको समयमा हिंडडुल गरेको भन्दै कास्की प्रहरीले  नियन्त्रणमा लिएको थियो। तर, कास्की प्रहरीले पक्राउ गरेका लामाले भने पास लिएरै हिंडेको खुलेको छ।

जेठ २६ गते सूर्यराज पौडेलले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ‘सवारी सहजीकरण सम्बन्धमा’ भन्ने व्यहोराको निवेदन लेखी दिपककुमार खड्का सहित तीन जना अत्यावश्यक कामको शिलशिलामा काठमाडौंदेखि पोखरासम्म जानु परेकाले बा१च ९४३५ नम्वरको सवारी साधनलाई यत्रामा सहजीकरण गरिदिन अनुरोध गरेका छन् ।

जुन पत्रलाई जिल्ला प्रशासन कार्यालयले ‘जिल्ला प्रशासन कार्यालय कास्कीबाट आवश्यक सहजीकरण गरिदिनु हुन अनुरोध छ’ भनी स्वीकृत गरेको छ । त्यसैले यो पत्रलाई जिल्ल प्रशासनबाट जारी गरिएको पास मान्न सकिन्छ।

लामासहित पक्राउ परेका तीन जना हिजो धरौटी बुझाएर जिल्ला प्रसाशन कार्यालय कास्कीबाट छुटिसकेका छन्।  लामा छुटेलगत्तै रष्ट्रिय सभागृहमा गण्डकी प्रदेशका मुख्यमन्त्री बन्न लागेका कृष्णचन्द्र नेपाली पोखरेलसहितका काँग्रेसका सांसदहरुले  खादा ओढाएर सम्मान गरेका थिए ।

लामालाई पक्राउ गराउन प्रहरीलाई सूचना दिएर युवा संघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र गुरुङ उर्फ भोटेले भूमिका खेलेको कास्की प्रहरी स्रोतको भनाइ छ। प्रहरी स्रोत भन्छ, 'युवा संघकै एक कार्यकर्तामार्फत भोटेले लामाको बारेमा सुचना लिएका थिए।'

भोटे पनि पोखराका चर्चित डनमा गनिन्छन् । उनी पहिले एलजी समूहमा आवद्ध भएर गुण्डागर्दी गर्दथे । पछिल्लो पटक दिपक मनाङे खेलकुद मन्त्री बनेपछि उनै भोटे २४सैं घण्टा मनाङेसँगै हिड्ने गरेका थिए । तर, पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्री बनाउन मनाङेले असहयोग गरेपछि भोटेकै योजनामा पृथ्वीसुब्बाले मनाङेलाई तर्साएर आफ्नो पक्षमा ल्याउन खोजेका थिए।

जुन समयमा गणेश लामा पनि पोखरा पुगे । लामाकै योजनामा दिपक मनाङे चलेको भन्दै उनै भोटेले लामालाई लेकसाइडको एक होटलबाट पक्राउ गराउन प्रहरीलाई मुख्यमन्त्री गुरुङमार्फत दबाब दिएका थिए । मनाङे र लामा गुरु / चेला हुन् ।

सबैभन्दा अचम्म त के छ भने मनाङे मन्त्रीबनेपछि स्यालुट हानेर बिबादमा तानिएका गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी घनश्याम अर्यालले मनाङेको खोजीका लागि प्रहरी परिचालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077