Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

काठमाडौँ । महाधिवेशनको विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक दिउँसो २ बजे बस्ने छ । बैठकमा १४ औं महाधिवेशनका विषयमा छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाइएको छ ।

कोरोना महामारीकै बीचमा पनि कसरी महाधिवेशन गर्न सकिन्छ भन्ने विषयमा सभापति देउवाले पदाधिकारीको सल्लाह लिनेछन् । कांग्रेसको महाधिवेशन गत वर्ष नै गर्नुपर्ने थियो । कांग्रेसले पार्टी विधानको व्यवस्थाअनुसार एक वर्ष थप अतिरिक्त समय लिएको छ । सो समय भदौमा समाप्त हुँदैछ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलगायत नेताहरुले देउवाले नियतवश समयमै महाधिवेशन गर्न नचाहेको भन्दै आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077