Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपक मनाङेलाई बाबुरामले लुकाएको सूर्य थापाको खुलासा

कास्की । बुधबार मध्यरातदेखि गण्डकी प्रदेशसभाका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे सम्पर्कविहीन भए ।

बिहीबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङले विश्वासको मत लिन लाग्दा मनाङे भने उनलाई सहयोग नगर्ने उदेश्यले सम्पर्कबिहीन भएका थिए।

यसअघि हिजो पोखरामा सांसद मनाङेलाई लुकाएर राखेको प्रकरणमा गुण्डा नाइके तथा कांग्रेस नेता गणेश लामालाई कास्की प्रहरीले पक्राउ गरेको थियो ।

लामालाई विश्वासको मत प्राप्त गर्न नसकेका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङको निर्देशनमा कास्की प्रहरीले पक्राउ गरेको हो। विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो । लामाबिरुद्द प्रहरीमा कुनै पनि उजुरी भने परेको छैन।

मनाङे मध्यरातदेखि सम्पर्कविहीन भएपछि प्रहरी उनको खोजीमा लागेको थियो।

यसैबीच, आज नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मनाङेलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लुकाएको खुलासा गरेका छन्।

केही बेर अघि सामाजिक संजालमा मनाङेले भट्टराईसँगको फोटो शेयर गर्दै भेटको सार्थकता भन्दै पोष्ट गरेका थिए । उक्त फोटोलाई आफ्नो ट्वीटमा शेयर गर्दै सल्लाहकार थापाले गण्डकी प्रदेशमा मतदान नै नगरी हराएका दीपक मनाङ्गेलाई आखिर कसले लुकाएको रहेछ ? तस्बिर स्वयं यस्ताे बाेल्छ - भन्दै पोष्ट गरेका छन्।

https://twitter.com/ThapajiSurya/status/1403241791181131780

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077