Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेत भन्छन् - भ्रममा नपरौ, मन्त्री नबन्दा कुनै गुनासो छैन

काठमाडौँ । गृहमन्त्री बन्ने चर्चामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता महेश बस्नेत  प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीमण्डल पुनर्गठनमा अटाउन सकेनन्।

मन्त्री नियुक्ति नभएपछि बस्नेतले गुट फेर्ने धम्की दिएको, अन्यायमा परेको भनी प्रचार भएकोमा खण्डन गर्दै उनले सामाजिक संजालमा आफु पार्टीको काममा सदाझै लागिरहने बताउदै भ्रममा नपर्न आग्रह गरेका छन् ।

फेसबुकमा उनले लेखेका छन्-

मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन् । पार्टी निति , नेतृव र निर्देसन सदैब पालना गरेर अगाडि बडेको छु । परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु ।

पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु । अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभर को एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु ।

पटक पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ् । मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ् । हो, मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन ठान्छन ।

मेरो बिरोधि साथीहरुलाइ झन धेरै धन्यवाद छ । जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु । त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि ! कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु । गुटफेर्दैछु जस्ता समाचार लेखिरहेका छन् ।

तेस्तो भ्रममा नपरौ म जहाँछु तेही छु र म जे छु तेही छु । अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु ।  मेरो राजनैतिक जीवनमा बिकाश गर्न खोजेको नयाँ अभ्यास समय क्रममा थप पुष्टी हुनेछ् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077