एजेन्सी । अफगानिस्तानमा बन्दुकधारीले १० जनाको गोली हानी हत्या गरेका छन् ।
उत्तरी अफगानिस्तानको बगलानमा उनीहरुको हत्या भएको हो । घटनामा एक दर्जनभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।
अफगानी अधिकारीहरुले तालिवानीलाई आरोप लगाए पनि इस्लामिक स्टेट (आइएस) ले सो घटनाको जिम्मेवारी लिएको बताइएको छ ।
अफगानिस्तानमा गत मे १ देखि अमेरिकी सेना फिर्ता भएसँगै हिंसाका घटनाहरु फेरि बढ्न थालेका छन् ।
अफगान सरकार र विद्रोही तालिवानबीच शान्ति वार्ता अघि बढ्न नसकिरहेका बेला अमेरिकी सेनाको बर्हिगमनसँगै हिंसाका घटनाहरु बढ्न थालेपछि सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।
बन्दुकधारीले स्थानीय अल्पसंख्यक समुदाय हजारामाथि आक्रमण गरेको बताइएको छ । उनीहरुले आईएस, तालिवानी समूहको अपहरण र हत्याको सामना गर्दैआएका छन् ।
Leave a Reply