Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इजलासमा चिया ब्रेक, देउवा पक्षका अधिवक्ता थापा भन्छन् -ओलीजी पदमुक्त भइसक्नुभयो

काठमाडौँ । संसद विघटनविरुद्धको रिट निवेदक दुई वरिष्ठ अधिवक्ताको बहसपछि चिया ब्रेक भएको छ ।

संवैधानिक इजलासमा शेरबहादुर देउवा पक्षका वरिष्ठ अधिवक्ता शम्भु थापा र महादेव यादवले बहस गरिसकेपछि न्यायाधीशहरूले आन्तरिक छलफलका लागि चिया ब्रेक लिएका छन्।

इजलासबाटै न्यायाधीश ईश्वर खतिवडाले चिया ब्रेकपछि थप छलफल हुने बताए ।

यसअघि बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता थापाले अन्तरिम आदेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्नु पर्ने जिकिर गरेका थिए ।

थापाले राष्ट्रपतिले बनिसकेको सरकारको हत्या गरेको भन्दै धारा ७६ (४) बमोजिम विश्वासको मत नलिएपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओली स्वतः पदमुक्त भएको जिकिर गरे ।

थापाले भने, ‘३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानमा छ । विश्वासको मत पाउन सक्दिन भनिसकेकोले केपी ओलीजी पदमुक्त भइसक्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077