Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल पक्षका शर्तहरुलाई सूर्य थापाले दिए 'कू' को संज्ञा, 'देउवासँग एकता होला ओलीसँग हुँदैन'

काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेपालसँग एकता हुन नसक्ने बताएका छन्।

आज सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले बरू काँग्रेससँग एकता हाेला तर माधवकुमार नेपालकाे शर्त स्वीकारे एमाले एकता हुन नसक्ने बताएका हुन्।

नेता थापाले नेपालपक्ष अध्यक्ष ओलीकाे वक्तव्य मानेर आउन सक्ने भन्दै आएमा स्वागत गर्ने जेठ २ रटानकाे अध्याय सकिएकाे उल्लेख गरेका छन्।

पछिल्लो समय नेकपा एमालेभित्र सत्तापक्ष र असन्तुष्ट पक्षबीच आन्तरिक द्वन्द चर्किदै गएको बेला प्रधानमन्त्री ओलीका सल्लाहकार थापाको यो भनाइमा एकताको अन्त्य भएको बुझ्न सकिन्छ।

उनले लेखेका छन्, 'अब जेठ २ काे रटानकाे अध्याय सकिएकाे छ । माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन । यी शर्तमा नेपाल गुटसँग हाेइन,देउवाकाे काँग्रेससँग बरू एकता हाेला । तेल निस्काल्न बालुवा हाेइन ताेरी पेल्नुपर्छ । ल्याङल्याङ अति भयाे ! अध्यक्षकाे वक्तव्य मानेर आउनेलाई स्वागत गराैं,असंभव काेशिस छाेडाैं ।'

https://twitter.com/ThapajiSurya/status/1402111996779130883

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077