Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संवैधानिक इजलास : संसद विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

आजको सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।

आइतबार सरकार पक्षका कानुन व्यवसायीले इजलासमा रहेका न्यायाधीश दीपक कुमार कार्की र डा.आनन्दमोहन भट्टराईलाई बाहेक हुन दबाव दिएका छन् । दुई न्यायाधीश बाहेक भएर मुद्दाको सुनुवाई गर्ने या बाहेक नहुने भन्नेबारे निर्णय हुन बाँकी छ ।

यसअघि आज भएको सुनुवाइमा प्रधानन्यायाधीश राणाले संसद विघटनका मुद्दा ११ न्यायाधीशले हेर्न नमिल्ने भनी अधिवक्ताहरू निवेदन लिएर गएपछि मानहानीको मुद्दा चलाउने चेतावनी दिएका थिए । इजलास सुरु हुनेबित्तिकै अधिवक्ता राजाराम घिमिरे, ज्ञानमणि न्यौपानेलगायतले संसद विघटनविरुद्दका निवेदन पेस गरेका थिए ।

यस्तै, महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीशद्वय कार्की र भट्टराईलाई प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दा सुनुवाइमा सरकारी पक्षलाई निष्पक्ष न्याय सम्पादन हुनेमा आशंका उब्जिएको भन्दै संवैधानिक इजलासबाट बाहिरिन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077