Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संवैधानिक इजलासबाट बाहिरिन न्यायाधीशद्वय कार्की र भट्टराईलाई महान्यायाधिवक्ताको आग्रह

काठमाडौँ। महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई संवैधानिक इजलासबाट बाहिरिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दा सुनुवाइमा सरकारी पक्षलाई निष्पक्ष न्याय सम्पादन हुनेमा आशंका उब्जिएको भन्दै महान्यायाधिवक्ता बडालले उक्त आग्रह गरेका हुन्।

महान्यायाधिवक्ता बडालले भने, 'दुईजना न्यायाधीश नबसिदिनुहुन निवेदन गर्छु ।' बडालले न्यायाधीशहरूले नै न्यायालयलाई ओह्रालोतिर धकेलिरहेको पनि आरोप लगाएका छन् । एकपक्षीय रूपमा अदालत अघि बढेको उनको भनाइ थियो ।

गत फागुन २३ गते नेकपा नाम सम्बन्धि मुद्दाको फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसको पुनरावलोकन नदिने इजलासमा सहभागी न्यायाधीश तेजबहादुर केसीले संवैधानिक इजलास छोड्नुपर्ने भनेर जेठ १८ गते न्यायाधीशद्वय कार्की र भट्टराईले राय पेस गरेका थिए ।

संसद विघटनको मुद्दा हेर्न प्रधानन्यायाधीश जबरा, न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको इजलास गठन गरिएको थियो । तर, रिट निवेदक पक्षले न्यायाधीश केसी र श्रेष्ठमाथि प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077