Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेसबुक र इन्स्टाग्रामबाट अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प प्रतिबन्धित

एजेन्सी । फेसबुकले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक तथा इन्स्टाग्राम एकाउन्ट दुई वर्षका लागि निलम्बित गर्ने निर्णय गरेको छ ।

गत जनवरीमा ट्रम्पमाथि फेसबुक र इन्स्टाग्राममा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको थियो । जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि उक्साएको अभियोगमा उनीमाथि प्रतिबन्ध लागेको थियो ।

गत महिना फेसबुकको ओभरसाइट बोर्डले अनिश्चितकालीन कारवाहीको विरोध गरेको थियो ।

फेसबुकले गरेको निर्णय गत वर्ष सम्पन्न निर्वाचनमा मतदान गर्ने आफ्ना दशौँ लाख मतदाताको अपमान भएको प्रतिक्रिया आएको छ । ट्रम्पमाथि लागेको दुई वर्षको प्रतिबन्ध गत जनवरी ७ तारिखदेखि नै गणना हुने फेसबुकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077