Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपाको सरकारमा जाने अन्तिम तयारी, सहमति जुटे आजै सपथ ग्रहण गर्ने !

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको जनता समाजावादी पार्टी (जसपा) सरकारमा सहभागी हुने तय भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बिस्तारको तयारी गरेका हुन्।

स्रोतका अनुसार जसपाको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको छ । पार्टीमा मन्त्रीको नाम चयन गर्ने विषयमा सहमति जुटे आजै सरकारमा सहभागी हुने सम्भावना रहेको ठाकुर पक्षका नेताहरुले बताएका छन्।

यसअघि हिजो बिहिबार राती पनि सरकारमा सहभागी हुने विषयमा अध्यक्ष ठाकुर र प्रधानमन्त्री ओलीबीच छलफल भएको थियो । उक्त छलफलमा पनि यसअघिकै अनुरुप जसपालाई आठ मन्त्रालय दिने सहमति भएको बताइएको छ । स्रोतका अनुसार जसपाले नेता राजेन्द्र महतोको नेतृत्वमा आठ मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारमा पठाउने तयारी गरेको छ।

यसै बिषयमा आज एक बजे प्रधानमन्त्री ओलीसँग पुनः छलफल जसपाका नेताहरुको भनाइ छ । सहमति भएमा आज नै सपथग्रहण हुन सक्ने उनीहरु बताउछन्।

मन्त्रीहरुको आकांक्षीमा राजेन्द्र महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, चन्दा चौधरी, प्रमोद साह, अकवाल अहमद, अकवाल मियाँ, अमृत अग्रहरी, वृषेशचन्द्र लाल, राजकुमार चौधरी, डा.सुरेन्द्र झा, उमाकान्त झालगायतका रहेका छन् । गैर सांसद पनि मन्त्री बन्न पाउने प्रावधान भएकाले मन्त्रीको आकांक्षी धेरै देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077