Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीले अल्मल्याउन मात्रै खोज्छन्, सम्झौता गर्न सकिदैन : झलनाथ खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान नसकिने भन्दै तत्काल नयाँ पार्टी खोल्नुपर्ने बताएका छन् ।

आज एमालेको ओलीविरोधी समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले केपी ओलीले विधि विधान सबै उल्लंघन गरिसकेकाले अब मिल्न नसक्ने बताएका हुन् ।

अहिले आत्तिने बेला नभएको र जोस जाँगरका साथ बढ्ने बेला भएको बताउदै आफूहरुको समूहमा कम्युनिष्टआन्दोलनका सच्चा नेता कार्यकर्ता रहेको समेत दाबी गरे ।

अहिले समूह सानो भएपनि भविष्यमा राम्रो कार्यक्रम र एजेन्डाका साथ फैलने बताउदै उनले नयाँ पार्टी खोल्न ढिला गर्न नहुने बताएका छन् । विगतमा पनि आफूहरुले सानो समूह हुँदै देशकै ठूलो दल बनाएको अनुभव सुनाए ।

ओलीले अलमलाउने काम मात्र गरेकाे भन्दै कुनै हालतमा सम्झौता गर्न नहुनेमा खनालको जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077