Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई भीम रावलको कटाक्ष : लम्पसार नै पर्ने भए जसपालाई २० मन्त्री दिएर धूपबत्ती गर्नुस्

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता डा. भीम रावलले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जान लागेको समाचारप्रति कटाक्ष प्रकट गर्दै टिप्पणी गरेका छन्।

नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष हान्दै जसपालाई २० मन्त्रालय दिएर बाँकी आफूसँग राख्न र 'लम्पसार परेर शक्तिलाई मख्ख पार्ने काम गर्न समेत भनेका छन्।

सोमबार राति सामाजिक सञ्‍जाल ट्वीटरमा उनले लेखेका छन्, 'जसपा (महन्थ पक्ष) लाई ८ मन्त्री र २ राज्यमन्त्री दिइने भन्ने त्यस पार्टीका एक नेताको भनाइ आयो। प्रम केपीले लम्पसार नै हुनुछ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफूसँग राखेर पूरै समर्पण गरी धूपबत्ती गरे कसो होला! यसो गर्दा खुसी पार्नुपर्ने 'शक्ति' पनि मक्ख पर्ने!'

https://twitter.com/BhimRawal179/status/1399390570058076160

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077