Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • ओलीलाई विश्वप्रकाशको जवाफ – समस्या ‘कालो कोट’ मा होइन ‘कालो सोच’ मा छ

    ओलीलाई विश्वप्रकाशको जवाफ – समस्या ‘कालो कोट’ मा होइन ‘कालो सोच’ मा छ

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले ब्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैब निन्दनीय हुने बताएका छन् ।

    शर्माले सामाजिक सञ्जालमार्फत ‘कालो कोट’ मा होइन ‘कालो सोच’ मा समस्या छ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिएका छन् ।



    उनले व्यक्तिको पहिचान अभिव्यक्तिमा हुने भन्दै देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकन प्रधानमन्त्रीलाई आग्रह समेत गरे ।



    शर्माले लेखेका छन्, ‘अरु बोले अराजक अभिव्यक्ति,आफु बोले अभिव्यक्ति स्वतन्त्रता रु विवेक बोल्ने पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान ‘

    शर्माले भने, ‘सम्माननिय, प्रधानमन्त्री , व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ, देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब’

    हिजो युवा संघको भर्चुअल बैठकमा बोल्दै ओलीले कानून व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरुको चर्को आलोचना गरेका थिए । उनले कानून व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरुको आलोचना गदै ‘कालोकोटधारी केही व्यक्तिले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदै छन ? ’ भनेका थिए ।

    ओलीले संयुक्त वक्तव्य जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरुप्रति पनि आक्रोश पोख्दै प्रश्न गरेका थिए,  ‘पूर्व न्यायमूर्तिहरुले न्यायालयको कसरी हुर्मत लिंदै हुनुहुन्छ पेन्सन खाएर ? आफ्नो समयमा केही नगर्ने, वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा !’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार