Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संवैधानिक इजलासका न्यायाधीशबारे आज टुंगो लाग्ने

काठमाडौँ । संवैधानिक इजलासमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहने की नरहने भन्नेबारे आजको इजलासबाट टुंगो लाग्ने सम्भावना छ ।

संसद विघटनको मुद्दाको सुनुवाई आज पनि संवैधानिक इजलासमा जारी रहने छ । तर इजलासमा इजलासबाट न्यायाधीशहरु बाहिरिने कि नबाहिरने भन्नेबारे मात्र छलफल हुने छ ।

१४६ जना सांसदका वकिलहरुले न्यायाधीश केसी र श्रेष्ठले इजलास छाड्नु पर्ने माग गर्दै आएका छन् । केसी र श्रेष्ठले नछाड्ने भनेर तयार पारेको आदेशमा अरु दुईजना न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले हस्ताक्षर गर्न नमानेपछि विषय जटिल भएको छ।

दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनसँग सम्बन्धित ३० वटा रिट निवेदनको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, केसी र श्रेष्ठ रहेको इजलास तोकेका छन् ।

शेरबहादुुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दायर गर्ने १४६ जना सांसद वकिलहरुले नेकपा एकता बदर गर्ने न्यायाधीश श्रेष्ठ र पुनरावलोकनको निस्सा नदिने केसीबाट निष्पक्ष सुनुवाइ हुन नसक्ने दाबी गर्दै इजलास छाड्न दबाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077