Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • मन्त्रिपरिषद बैठक : एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय

    मन्त्रिपरिषद बैठक : एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १७ जेष्ठ २०७८
  • 3.6K
    SHARES

    काठमाडौं । मन्त्रिपरिषदको बैठकले यस वर्षको एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको छ ।

    बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय पारित गरेको हो ।



    स्रोतका अनुसार बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना महामारीले असर पारेको भन्दै एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनबाट गर्नुपर्ने भन्दै प्रस्ताव पेश गरेका थिए ।



    कोरोना महामारी झन बढ्दै गएकाले उनको प्रस्ताव अनुसार नै बैठकले निर्णय गरेको वताइएको छ।

    राष्ट्रिय परिक्षा बोर्डले एसईईको परिक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न मन्त्रालयलाई प्रस्ताव गरेको थियो ।

    अब विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ ।
    प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारी सार्वजनिक गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार