Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेतले दिउसै गाँजा खाएर कांग्रेस फुटाउने गफ दिएको खतिवडाको दाबी

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेस फुटाउने हैसिएत आफूसँग भएको दावी गरेको २४ घण्टा पनि वित्न नपाउँदै नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले त्यसको कडा प्रतिवाद गरेका छन् । नेता खतिवडाले पूर्वमन्त्री समेत रहेका बस्नेतले दिउँसै गाँजा खाएर बोल्न थालेको टिप्पणी गरेका हुन् ।

नेता बस्नेतले नेपाली कांग्रेस पार्टी फुटाइदिने हैसियत भएको बताएको कुरा सञ्चारमाध्यममा आउने वित्तिकै नेता खतिवडाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्–‘महेश बस्नेत भन्ने पूर्वमन्त्री र माननीय दिउँसै गाँजा खाएर गफ दिन थालेछन् ।’

नेता खतिवडाले ट्वीटरमा लेखेका छन्–‘महेश बस्नेत भन्ने पुर्ब मन्त्री र माननीय दिउसै गाजा खाएर गफ दिन थालेछ्न। काङ्ग्रेस फुटाउने रे ? आफ्नो पार्टी दुई तिहाई बाटअल्पमतमा पुगेर आफैंले एमालेबाट केहि नेतालाई (माझ समुह) हटाइएको अनि रास्ट्रपतिको सहाराले अध्यादेशमा अपहरण मार्फत देश चलाएको बिर्से कसो ?
अपहरण बन्द गर !’

नेता बस्नेतले आज आयोजित युवा संघको कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई फुटाइदिने चेतावनी दिएका थिए । यद्यपी उनकै पार्टी भने फुटको संघारमा छ । कुन दिन फुट्ने हो एमालेकै केन्द्रीय स्तरका नेताहरुलाई नै पत्तो छैन ।

https://twitter.com/RamhariKhatiwa/status/1399374648257748992

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077