Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारको विरोध गर्ने नेविसंघको नयाँ तरिका, बयलगाडा कालो ब्यानर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बयलगाडामा कालो ब्यानर राखेर सरकारको विरोध गरेको छ । नेविसंघले आज रुपन्देहीको तामनगरमा बयलगाडासहित प्रदर्शन गरेर सरकारको विरोध जनाएको हो।

तत्कालीन एमाले पार्टी र माओवादी केन्द्रको एकीकरणले बनेको दुई तिहाइ सरकारले जनताका सामान्य आधारभूत समस्याको समेत हल गर्न नसकेको नेविसंघका नेताहरुको भनाई थियो ।

साथै उनीहरूले राष्ट्रपति जस्तो गरिमा पदमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको भन्दा बढी पार्टी राख्ने प्रवृत्तिले उक्त पदको मर्यादा नरहेको पनि बताए ।

विद्यार्थी नेताहरूले कोरोना महामारीको स्वास्थ्य संकटका बेला पनि सरकार नागरिकप्रति जिम्मेवारी नदेखाएर राजनीतिलाई मात्रै चासो राखेको बताए।

प्रदर्शनका क्रममा उनीहरुले कोरोना प्रतिरोधात्मक खोप, पानी जहाज, चुच्चे रेल, पेट्रोलको कुवा, निर्मला हत्या काण्डका हत्यारा, वाइड बडी, ३३ किलो सुन, बालुवाटार जग्गा, ७० करोड, नयाँ नक्सामा उल्लेख भएको नेपाली भूमि र सांसद अपहरणकारी लगायत खोइ भनी प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077