Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटारमा ठाकुर र महतो, सरकारमा जाने तयारी

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । भेटमा सरकारमा सहभागीताको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छन् । सोमबारको भेटमा मन्त्रालय बाँडफाँटमा केन्द्रित हुने स्रोतले जनाएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नागरिकता र संसद विघटनमा अदालती फैसला कुरी बसेको जसपाको ठाकुर र महतो पक्षलाई छिट्टै मन्त्री बनाउन खोजेको र १० वटा मन्त्रालय माग्दै आएको जसपाको उक्त पक्षलाई प्रधानमन्त्रीले हाल सात वटामा चित्त बुझउन आग्रह गरेका छन्।

नयाँ मन्त्रीमण्डलहरुमा गृह र अर्थ मन्त्रालय मागेको जसपालाई प्रधानमन्त्रीले स्पष्टसँग ती मन्त्रालय दाबी नगर्न आग्रह गर्दै अर्को रोज्न भनेको स्रोतको भनाइ छ।

यसैबीच जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका बाबुराम भट्टराईले भने सरकारमा नजाने दावी गर्दै आफ्नो आफ्नो बाटो लाग्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077