Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

औषधिमा कालोबजारी गर्ने मेडिकल स्टोरका संचालक पक्राउ

विराटनगर । प्रहरीले औषधिहरुमा कालोबजारी गरेको आरोपमा एक जना मेडिकल स्टोर संचालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ विराटनगर १५ रानीस्थित जनता मेडिकल स्टोर संचालन गरी सोही स्थान बस्ने ३५ वर्षीय रवि कुमार रजक रहेका छन् ।

आईतबार दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले  रजकको घर कोठाबाट फिजिसियन स्याम्पलका औषधिहरु, मुटु सम्बन्धीका औषधीहरु, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधिहरु र सेनीटाईजर लगायत ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरु बरामद गरेको हो ।

पक्राउ परेका रजकले औषधिहरु भण्डारण गर्ने र कालोबजारी गरी झुक्याई बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

उनलाई  कालोबजार तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धानपश्चात् कारवाही थालिने प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077