Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • गणतन्त्रमाथि प्रतिगामीहरुबाट निरन्तर प्रहार भइरहेको छ : प्रचण्ड

    गणतन्त्रमाथि प्रतिगामीहरुबाट निरन्तर प्रहार भइरहेको छ : प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको ठूलो त्याग र वलिदानीबाट स्थापना भएको गणतन्त्रको मूल्य र मान्यतामाथि गणतन्त्रका विरोधीहरुबाट निरन्तर प्रहार भइरहेको बताएका छन् । नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतान्त्रिक संस्कार र संस्कृती निर्माण गर्न प्रतिगामी तत्व विरुद्धको एकतामा पनि उनको जोड थियो ।

    गणतन्त्र दिवसको उपललक्ष्यमा एक शुभकामना सन्देश दिंदै प्रचण्डले भनेका छन्–‘प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुवीच सुदृढ राष्ट्रिय एकता आवश्यक छ ।’ प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने बताउँदै प्रचण्डले पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुने बताए ।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार