Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निवेदक पक्ष र महान्यायाधिवक्ताबीच विवाद, आइतबारसम्म सुनुवाइ स्थगित

काठमाडौँ । संवैधानिक इजलासमा रिट निवेदक पक्ष र महान्यायाधिवक्ताबीच विवाद भएपछि सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको छ।

आज संसद विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनसम्बन्धी इजलासमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।

यसअघि नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो ।

यसअघि गत जेठ ७ गते मध्यराति विघटित संसद पुनःस्थापना गर्न माग गर्दै सर्वोच्चमा ३० वटा रिट दायर गरिएका थिए । जसमा विपक्षी गठबन्धनहरुका नेता (कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित) १४६ जना सांसदले संसद पुनःस्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077