Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयको अपील : अक्सिजनका खाली सिलिन्डरहरु फिर्ता गर्नु

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले अक्सिजनका सिलिन्डरहरु सम्बन्धित कम्पनीमा समयमा भर्न लैजान र घरमा खाली नराखिदिन सबैमा आग्रह गरेको छ।

आज मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति निकालेर अक्सिजन सिलिण्डरहरु देशका दूरदराजमा वा व्यक्तिका घरमा थन्किएमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुने भएकाले सबैलाई संवेदनशील बनिदिन आग्रह गरेका हुन्।

‘विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले व्यक्तिगत, आइसोलेशन केन्द्र र अस्पतालहरुमा प्रयोगका लागि लगिएका अक्सिजन सिलिण्डरहरु समयमै जुन कम्पनी वा अस्पतालका हुन् तिनै अक्सिजन उत्पादक कम्पनी वा अस्पतालमा पुग्ने गरि आवश्यक व्यवस्था मिलाइदिनु हुन अनुरोध छ,' विज्ञप्तिमा उल्लेख छ।

अस्पतालको आपूर्ति प्रणाली भन्दा बाहिर नजाने गरि समन्वयको व्यवस्था गरेर महामारीविरुद्धको अभियानमा सकारात्मक सहयोग गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077