Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपामा होडबाजी : अध्यक्षमाथि अध्यक्षकै स्पष्टीकरण (पत्रसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् ।

मंगलबार अध्यक्ष ठाकुरले यादवलाई ७ बुँदे स्पष्टीकरण सोध्दै संसदीय दलको निर्णय बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन हस्ताक्षर गरियो भन्ने प्रश्न गरेका छन् ।

अध्यक्ष ठाकुरले पछिल्लो समयमा एकल अध्यक्षतामा निरन्तर पार्टी केन्द्रीय कार्यकारिणी समितिका बैठकहरू बसी विभिन्न खाले निर्णय किन गरेको भन्ने प्रश्न समेत यादवसँग गरेका छन् । अध्यक्ष ठाकुरले यादवलाई ३ दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन अनुरोध गरेका छन्।

यस्तो छ उपेन्द्रलाई सोधिएको सात बुँदे स्पष्टीकरण :

यसअघि अध्यक्ष यावदले पनि अध्यक्ष ठाकुरलाई ९ बुँदे स्पष्टिकरण सोधेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077