Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्युठानमा दुई सन्तानसहित आमा जंगलमा मृत फेला

प्युठान । प्युठानको प्युठान नगरपालिका –२ चितिखोलाका २६ वर्षीया गायत्री सुनार आफ्ना दुई सन्तानसहित जंगलमा मृत फेला परेकी छिन्।

गायत्रीसँगै उनका दुई वर्षीय छोरा र पाँच वर्षीया छोरी मृत फेला परेका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताए ।

प्युठान नगरपालिका– १ चेरनेटा नजिकको जंगलमा रुखमा झुण्डिएको अवस्थामा तीनैजनाको शव फेला परेको हो।

सोमबार साँझ स्वर्गद्वारी नगरपालिका –८ हदचौरमा रहेको माइती घरजान भनेर गायत्री घरबाट निस्किएकी थिइन् । त्यसपछि उनीहरु वेपत्ता थिए । खोजी गर्ने क्रममा उनीहरुको शव फेला परेको हो ।

गायत्रीका श्रीमान् रोजगारीका शिलशिलामा भारतमा छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077