Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लुम्बिनीबाट मुख्यमन्त्री पोखरेलले भने - अध्यादेशको विरोध नगरौं, गर्नै परे संवैधानिक प्रावधानको गरौं

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संवैधानिक व्यवस्था अनुसार नै अध्यादेश जारी गरिएको बताएका छन्।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेपश्चात् भएको चौतर्फी बिरोधलाई बचाऊ गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो भनेका हुन्।

'राष्ट्रपतिलाई विरोध नगरौं गर्ने भए संवैधानिक प्रावधानको गरौं भन्दै' प्रधानमन्त्री ओलिनिकट रहेका पोखरेलले संबिधान कार्यन्वयन गर्नु सबैको कर्तब्य रहेको बताए।

आज बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ' संविधानमा जे ब्यवस्था गरिएको छ त्यो नै अध्यादेशमा समावेस छ । विरोध गर्ने भए संवैधानिक प्रावधानको गरौ । संबिधान कार्यान्वयन गर्नु त सबैको कर्तब्य हो ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077