Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली सरकारमा सहभागी हुने नेतालाई पार्टीबाट निष्कासन गर्ने जसपाको निर्णय

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

राजधानीमा दुई दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी बैठकले पार्टी हित विपरीत कार्य गर्ने र ओली नेतृत्वको सरकारमा सहभागी हुने नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।

पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने प्रष्ट गरिएको छ ।'

यस्तै, कार्यकारिणी समितिले अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077