Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विना प्रतिस्पर्धा सरकारले खोप र स्वास्थ्य सामग्री खरिद गर्नसक्ने

काठमाडौं । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रयोग हुने स्वास्थ्य सामग्री सरकारले विना प्रतिस्पर्धा खरीद गर्न मिल्ने गरी अध्यादेश ल्याएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८’ ले सार्वजनिक खरीद ऐनमा नटेकी उत्पादनसँग सिधै स्वास्थ्य सामग्री खरिद गर्न सक्ने व्यवस्था गरेको हो ।

अध्यादेशको दफा २६ मा खरिद प्रक्रिया सम्बन्धित व्यवस्थामा भनिएको छ, ‘कोरोना उपचारमा बाधा पर्ने वा मानिसको जीउ ज्यान जोखिमममा पर्ने देखिएमा तत्काल आवश्यक पर्ने औषधि, अक्सिजन स्वास्थ्य सामग्री, उपकरण वा खोप उत्पादक, वितरक, आधिकारिक विक्रेता वा अन्तरराष्ट्रिय संस्थासँग सोझै खरिद गर्न सकिनेछ ।’

अध्यादेशमा आवश्यकताअनुसार जमानतविना अग्रिम भुक्तानी गर्न वा कार्यसम्पादन जमानत छुट दिन सक्ने प्रावधान राखिएको छ । यसअघि सार्वजनिक खरिद ऐनका कारण स्वास्थ्य सामग्री खरीदमा ढिलाइ हुँदै आएको गुनासो गर्ने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077