Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • राष्ट्रियसभा उपनिर्वाचन

    बादललाई जिताउन राप्रपाकी सांसदसहित ३ जनाले गरे हेलिकप्टर चार्टर !

    बादललाई जिताउन राप्रपाकी सांसदसहित ३ जनाले गरे हेलिकप्टर चार्टर !

    अनलाइन नेपाल
  • बिहिबार, ६ जेष्ठ २०७८
  • 3.4K
    SHARES

    काठमाडौं । राष्ट्रियसभामा रिक्त सिटका लागि आज बागमती प्रदेशमा उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । प्रदेशको अन्य समूहतर्फ रिक्त सिटका लागि मतदान हुन लागेको हो ।

    बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने मतदानको उपनिर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, विपक्षी गठबन्धनको समर्थन पाएका एमालेका नेता माधव नेपाल समूहका खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ उम्मेदवार छन् । यतिबेला गृहमन्त्री बादल निर्वाचन अनुगमनका लागि भन्दै मतदानस्थलमा रहेका छन्।



    यसैबीच, गृहमन्त्री बादललाई जिताउन उनको पक्षमा भोट हाल्ने निर्णय गरेको राप्रपा नेपालले केही सांसदलाई भने हेलिकोप्टर चार्टर गरिएको पाइएको छ । जसमा राप्रपाकी सांसद रिता रायमाझी र नेकपा एमालेकी सांसद बेलिमाया घलेसहितका सांसदलाई हेलिकोप्टर चार्टर गरिएको पाइएको हो ।



    स्रोतका अनुसार उनीहरुलाई केहीबेरमा काठमाडौंबाट हेलिकोप्टरले हेटौंडा पुर्याउने व्यवस्था मिलाइएको छ ।

    उपनिर्वाचनमा बागमतीका प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । बागमती प्रदेशसभा सदस्य ११० छन् । प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ मतदाता छन् । कुल मतदाता संख्या ३४८ रहेको छ ।

    यसैबीच, सांसद माझीले आफू हेलिकप्टरबाट नगएर गाडीमा हेटौडा आएको बताएकी छिन्। सामाजिक सञ्जालमार्फत् सांसद माझीले उक्त कुराका बारेमा खण्डन गरेकी छिन्।

    सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन्, ‘म राष्ट्रिय सभा निर्बाचनको क्रममा मतदान गर्नको निमित्त आज गाडीमा दक्षिणकालि, सिस्नेरि, भिमफेदि हुँदै हेटौंडा गएको हु । केही अनलाइनहरुमा हेलिकप्टरबाट गएको भनी प्रकाशित समाचार प्रति घोर आपत्ति प्रकट गर्दै खण्डन गर्दछु । संचारकर्मी मित्रहरु र संचार संस्थाहरुले आफ्नो गरिमा र बिश्वसनियताको ख्याल गर्दै समाचार प्रकाशन गर्दा सबैको हित हुने ठान्दछु। राप्रपाका आदरणीय नेता कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक र आम समुदायमा यस्ता खालका असत्य समाचार र सुचनाबाट भ्रमित नहुन बिनम्रता पुर्बक आग्रह गर्दछु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार