Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपक मनाङेको पनि मन्त्रीमा दोश्रो पटक 'इन्ट्री'

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनको मन्त्रिपरिषदमा साविककै मन्त्रीहरु रहेका छन्।

प्रदेश प्रमुख सीता पौडेलले २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङको उपस्थितिमा बुधबार मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन ।

प्रदेशमा किरण गुरुङले आर्थिक मामिला तथा योजना मन्त्री तथा नरदेवी पुन, रामशरण बस्नेत र विकास लम्सालले बिना विभागीय मन्त्रीका रुपमा सपथ लिएका हुन ।

मन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) पोखरा भन्दा बाहिर भएकाले सपथमा सहभागी भएनन् ।

यसअघिको सरकारमा एमालेबाट किरण गुरुङ (अर्थ मन्त्रालय), रामशरण बस्नेत (भौतिक पूर्वाधार), नरदेवी पुन (सामाजिक विकास), विकास लम्साल(उद्योग, पर्यटन वन तथा वातावरण) र राजीव गुरुङ (खेलकुद) सम्हालेका चारजना मन्त्रीका रुपमा दोहोरिदिएका हुन ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077