Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महोत्तरीमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु

महोत्तरी । जिल्लाको बर्दिबासमा करेन्ट लागेर बुधबार दिउँसो एक जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिबास नगरपालिका वडा नम्वर ५ का २१ वर्षीय  कृष्ण घिमिरे रहेका छन् ।

बर्दिबास नगरपालिका वडा नम्वर ५ ढुङ्ग्रे गढान्ता स्थित अक्वा पानी उद्योगमा काम गरिरहेका बेला अचानक करेन्ट लाग्दा उनी घाइते भएका थिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका घिमिरेलाई उपचारको लागि शुभ स्वास्तिक अस्पताल बर्दिबास लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077