Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • महोत्तरीमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु

    महोत्तरीमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ५ जेष्ठ २०७८
  • 2.7K
    SHARES

    महोत्तरी । जिल्लाको बर्दिबासमा करेन्ट लागेर बुधबार दिउँसो एक जना मजदुरको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बर्दिबास नगरपालिका वडा नम्वर ५ का २१ वर्षीय  कृष्ण घिमिरे रहेका छन् ।



    बर्दिबास नगरपालिका वडा नम्वर ५ ढुङ्ग्रे गढान्ता स्थित अक्वा पानी उद्योगमा काम गरिरहेका बेला अचानक करेन्ट लाग्दा उनी घाइते भएका थिए ।



    करेन्ट लागेर गम्भीर घाइते भएका घिमिरेलाई उपचारको लागि शुभ स्वास्तिक अस्पताल बर्दिबास लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार